Monday, March 16, 2015

नेपाल र भारतबीच फुटबल दिउँसो हुने,१० हजार टिकटको व्यवस्था

काठमाण्डु– विश्वकप फुटबल २०१८ को प्रारम्भीक छनौट अन्तर्गतको काठमाण्डुमा हुने खेल दिउँसो हुने भएको छ ।


आइतबार अखिल नेपाल फुटबल संघले पत्रकार सम्मेलन गरी चैत ३ गते हुने दोस्रो खेल दिउँसो साढे ३ बजेदेखि सुरु हुने जानकारी गराएको हो ।

यसअघि भारतमा भएको पहिलो खेलमा नेपाल २–० गोल अन्तरले पराजित भएको थियो ।

पत्रकार सम्मेलनमा सम्पूर्ण तयारी पूरा भएको र १० हजार टिकट बिक्रीको तयारी भएको जनाइएको छ ।

जसअनुसार साधारण प्याराफिड तर्फ टिकटको मुल्य सात सय र भीआइपीको १५ सय रुपैयाँ तोकिएको छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस