अब, नायिका अरुणिमा लम्साल पनि यही बाटोमा लागेकी छिन् ।
करिब १ बर्षदेखि अमेरिकाको ग्रिन कार्ड कार्ड लिनका लागि प्रयास गरिरहेकी अरुणिमाले अन्तत: यो सफलता पाएकी हुन् । उनी अब चाडो भन्दा चाडो अमेरिका उड्ने तयारीमा छिन् । श्रीमान्, छोरीको साथमा अमेरिका उड्ने तयारी अरुणिमाको छ ।
उनको श्रीमान् पक्षका सबैजसो अमेरिकामा रहेकाले पनि उनले १ बर्षदेखि यो आवेदन दिएको बताइन् । अमेरिकी सरकारले उनको आवेदन स्विकार गरेको छ ।
नेपाली चलचित्रमा कुनै समयकी चर्चित यी नायिका बिहेपछि भने केही ओझेलमा परिन् । तर पनि उनले छोरीलाई जन्म दिएपछि ‘बजार, उर्वशी, पिपल’ लगायतका चलचित्रमा अभिनय गरिन् । करिब ५२ वटा चलचित्रमा अभिनय गरेकी अरुणिमाले बिहेपछि आशातित सफलता पाइनन् ।
जसका कारण पनि उनी विदेशमा नै स्थायी रुपमा रहने तयारीमा लागेकी थिइन् । उनले १३ बर्ष चलचित्र क्षेत्रमा बिताएकी छिन् । आफ्ना सहकर्मी साथीहरु अमेरिकातिर लागेपछि अरुणिमाले पनि यो सोच बनाएकी थिइन् । नायिकाहरु ऋचा घिमिरे, उषा पौडेल, यूना उप्रेती, रञ्जना शर्मा, पूजा चन्द, सारंगा श्रेष्ठ, जल शाह अहिले अमेरिकामा नै छन् ।