Monday, March 16, 2015

फेरि काजोल र साहरुख एकसाथ, यी हुन् दुईका हिट चलचित्र

बलिउडमा आजसम्मकै इतिहास हेर्ने हो भने, लभस्टोरी कथामा बनेका धेरैजसो चलचित्र मध्ये, बलिउड वादशाह साहरुख खान र काजोलको जोडी सफल मानिन्छ । सायद, यही भएर पनि होला साहरुख र काजोलको जोडीलाई दर्शक बारम्बार पर्दामा हेर्न चाहन्छन् ।
साहरुख र काजोलले सर्वाधिक हिट चलचित्र दिएका छन् । यही भएर पनि होला, निर्देशक रोहित सेट्टी यो जोडीलाई एकसाथ पर्दामा ल्याउने तयारीमा लागेका छन् ।
रोहित सेट्टीले निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम ‘दिलवाले’ राखिएको छ । यो चलचित्रमा साहरुख र काजोल मुख्य भूमिकामा छन् । साथमा नायक बरुण धवन र नायिका कृती मेनन पनि चलचित्रमा देखिनेछन् । चलचित्रको छायांकन मार्च २५ बाट सुरु हुनेछ ।
चलचित्रलाई यसै बर्षको क्रिसमसमा प्रदर्शनमा ल्याइने निर्देशक सेट्टीको भनाई छ । साहरुख खानको रेड चिल्ली इन्टरटेन्मेन्ट र रोहित सेट्टी प्रोडक्शनको संयुक्त लगानीमा यो चलचित्र बन्न लागेको हो ।
बलिउडमा साहरुख र काजोलले धेरै हिट चलचित्र दिइसकेका छन् । जसमध्ये केही चलचित्रको बारेमा जानकारी तल दिइएको छ ।
१.बाजिगर : सन् १९९३ मा प्रदर्शनमा आएको यो चलचित्रमा साहरुख र काजोल मुख्य भूमिकामा छन् । यो चलचित्रमा साहरुख खलपात्रको रुपमा देखिएका छन् ।
२.करण अर्जुन : साहरुख खान र सलमान खानको मुख्य भूमिका रहेको यो चलचित्रमा काजोल साहरुखकी प्रेमिकाको रुपमा देखिएकी छिन् । राकेश रोशनले निर्देशन गरेको यो चलचित्रले पनि बक्स अफिसमा राम्रो व्यापार गरेको थियो ।
३.दिलवाले दुल्हनिया ले जायंगे : सन् १९९५ मा प्रदर्शनमा आएको यो चलचित्रले साहरुख खान र काजोललाई बलिउडको सर्वाधिक चर्चित रोमान्टिक जोडीको रुपमा स्थापित गरिदियो । यो चलचित्र २० बर्षदेखि मुम्बइको मराठा मन्दिरमा प्रदर्शन भैरहेको छ । बलिउडमा सर्वाधिक लामो समयसम्म चलेको यो चलचित्रले थुप्रै रेडर्क पनि बनाएको छ ।
४.कुछ कुछ होता हे : प्रेमको नयाँ परिभाषा कोर्ने अर्को चलचित्र हो, ‘कुछ कुछ होता हे’ । साहरुख र काजोलले अभिनय गरेको यो चलचित्रले पनि बक्स अफिसमा बम्पर व्यापार गरेको थियो ।
५.कभी खुशी कभी गम : सन् २००१ मा प्रदर्शनमा आएको पारिवारिक सफल चलचित्र ‘कभी खुशी कभी गम’मा साहरुख र काजोल मुख्य भूमिकामा छन् । यो चलचित्रलाई पनि खुबै रुचाइएको थियो । चलचित्रमा ऋतिक रोशन, करिना कपुर, अमिताभ बच्चन, जया बच्चन पनि मुख्य भूमिकामा छन् ।
६.माई नेम इज खान : सन् २०१० मा प्रदर्शनमा आएको साहरुख खान र काजोल अभिनित यो चलचित्रको कथावस्तुलाई रुचाइएको थियो । यो चलचित्रपछि साहरुख र काजोल एकसाथ पर्दामा देखिएका छैनन् । करिब ५ बर्षपछि रोहित सेट्टीले यो जोडीलाई चलचित्र ‘दिलवाले’ मार्फत एकसाथ पर्दामा ल्याउन लागेका हुन् ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस