Monday, March 16, 2015

माओवादी लडाकु बनेका सैनिक नौ वर्षपछि समातिए

बझाङ : सशस्त्र द्वन्द्वका बेला हतियारसहित भागेका नेपाली सेनाका एक जवान प्रहरी नियन्त्रणमा परेका छन्। २०६२ सालमा पानकोट ब्यारेकबाट भागेका सैनिक गणेश खड्कालाई आइतबार प्रहरीले प्रकाउ गरी ब्यारेकमा बुझाएको छ।

खड्काले द्वन्द्वका बेला तत्कालीन नेकपा माओवादीलाई बुझाएर आफू जनयुद्धमा लागेका थिए। देशमा शान्ति स्थापना भएपछि भारतमा बस्दै आएका खड्का हाल घरमा आएको जानकारी पाएपछि सेनाको आग्रहमा प्रहरीले प्रकाउ गरेको प्रहरी निरीक्षक कमल बिष्टले बताए।

खड्कालाई सेनाले हिरासतमा राखेको छ। शत्रुमर्दन गुल्म पानकोटका गुल्मपति भोला पाण्डेले भगौडा गणेश खड्कामाथि सैनिक एेनअनुसार कारबाही गरिने बताए। एमाओवादीले खड्काको रिहाइको माग गरेको छ। युद्घकालीन घटना ब्युँझाएर द्वन्द्व निम्त्याउन खोजेको आरोप एमाओवादी जिल्ला अध्यक्ष कलक खड्काले आरोप लगाए।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस