मानिसको जिउको ज्वरो नाप्नका लागि थर्मोमिटर काखीमा च्याप्नुपर्ने बाध्यता अब हट्ने देखिएको छ । जापानका वैज्ञानिकहरुले यस्तो पट्टकिो आविष्कार गरेका छन् जसले सरीरको तापक्रम नाप्नेछ र ज्वरो आएको खण्डमा सूचना दिनेछ ।
पाखुरामा बाँध्ने उक्त स्मार्ट पट्टि अर्थात् आर्म ब्याण्ड जिउमा ज्वरो आएर तापक्रम उच्च हुँदा आफै ध्वनी निकालेर संकेत दिनेछ ।
निकै लचिलो रहेको यो पट्टमिा लचिलो सिलिकन सोलार प्यानल, स्पिकर, तापक्रम सेन्सर तथा उर्जा आपूर्ति गर्ने सर्किट रहनेछ । यी सबै उपकरण जैविक अवयवबाट बनाइएको छ, पोलिमर फिल्ममा रंग्याएर । यो पट्टी नांगो छालामा वा कपडामाथि समेत पहिरिन सकिन्छ ।
वैज्ञानिकहरुका अनुसार यो ज्वरो सूचक पट्टीमा प्रयोग गरिएको जैविक पावर सर्किट कुनैपनि उपकरणमा पहिलोपटक प्रयोग भएको नितान्त नयाँ प्रविधि हो ।
यो जैविक पट्टीमा बाह्य उर्जा प्रयोग गर्नु नपर्ने र यसलाई प्रयोगपछि सजिलै व्यवस्थापन गर्न सकिने भएकाले वातावरणमैत्री समेत रहेको वैज्ञानिकहरुको भनाइ छ । तत्कालका लागि यसले सरीरको ज्वरोको बारेमा मात्र सूचना दिने भएपनि यसलाई वजन, रक्तचाप तथा मुटुको गति सम्बन्धि जानकारी प्रदान गर्ने उपकरणको रुपमा समेत विकाश गर्न सकिने टोकियो विश्वविद्यालयका शोधकर्ताहरु ताकाओ सोमेया र ताकायासुु साकुराइ बताउँछन् ।