Saturday, March 14, 2015

फेरी बनिन् अर्की १३ वर्षीया बालिका बलात्कारको शिकार

झापा, ३० फागुन– बलात्कारपछि मृत्यु भएकी बाराकी सात वर्षीया बालिका पूजा साहका बलात्कारीमाथि कडा कारबाही हुनुपर्ने माग गर्दै आन्दोलन चर्किरहेका बेला झापामा पुनः अर्की एक बालिका बलात्कारको सिकार भएकी छन् ।
बिर्तामोड नगरपालिकास्थित नयाँ बसपार्कमा शुक्रबार साँझ १३ वर्षीया बालिका बलात्कारको सिकार भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
सो ठाउँमा घर निर्माणको काम गर्दै आएका ४० वर्षीय सूर्यमान तामाङले बालिकालाई बलात्कार गरेको प्रहरीले बताएको छ ।
बालिकालाई चिया ल्याउन भन्दै तामाङले घरको छतमाथि लगेर बलात्कार गरेको पीडित बालिकालाई उद्धृत गर्दै इप्रकाका प्रहरी निरीक्षक नारायणप्रसाद गौतमले जानकारी दिए।
बालिका करणीमा संलग्न तामाङलाई प्रहरीले गएराति नै नियन्त्रणमा लिएको छ भने बालिकाको मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षण गरिएको प्रहरी निरीक्षक गौतमले बताए ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस