छतबाट फाल्दा गम्भीर घाइते भएकी उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
कास्की रुपाकोट घर भई पोखरा ४ मा बस्दै आएकी लक्ष्मी सुनार अधिकारीको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
लक्ष्मीलाई उनकै श्रीमान सोम सुनारले छतबाट फाल्दा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
घटनाबारे अनुसन्धानका लागि प्रहरीले सोमलाई पक्राउ गरेको छ ।