त्यहाँ पढ्न लागेको धेरै पनि भएको थिएन । आजभन्दा झण्डै २० दिन अगाडी ट्यूसन सेन्टरको कोठामा बसीरहेका बेला एक जना मास्क लगाएको ब्यक्ति आयो र इलेक्टिक गतिमा हामीलाई एसिड हानेर भाग्यो । हामीमाथी एसिड प्रहार गर्ने ब्यक्तिलाई पक्राउ गरी सरकारले कारवाहीको दायरामा ल्याउला भन्ने ठुलो आशा थियो । तर, गृहमन्त्री बामदेव गौतमले उल्टै हामीलाई असहयोग गरेको आरोप लगाउनु भएछ । मैले पत्रपत्रिका र टेलिभिजनबाट थाहा पाएँ । ‘
प्रहरीलाई दुई छात्राले फरक फरक बयान दिएका कारण अपराधीलाई पहिचान गर्न गाह्रो भयो’ भन्नु भएछ । गृहमन्त्री ज्यू बनावटी कुरा बनाएर न्याय पाउँदैनौ भन्ने हामीलाई थाहा छ । किन बनाउवटी या झुटो कुरा बोल्नु परयो हामीले ? जे भएको थियो त्यही बयान मैले प्रहरीलाई दिएकी थिए । प्रहरीले अपराधीको पहिचान गर्नुको साटो उल्टै हामीमाथी मानसिक दवाव दिइरहेको छ । प्रहरी भन्दा तपाईले सार्वजनिकरुपमा दिएको बयानले हामीलाई थप पिडामा पारेको छ ।
मैले जे देखे त्यो भने, हामीले शंकास्पद ब्यक्तिको बारेमा पनि भनिसकेका छौ । हामीले शंकास्पद भनेका ब्यक्तिमाथी किन छानविन हुँदैन । हामीलाई न्याय भाषण हुँदैन । अपराधीलाई कारवाही गरेर मात्र हुन्छ । यो हामीलाई भेटन आउने सवैलाई भनिसकेका छौ ।
तपाईका लागि यो समान्य कुरा होला तर हाम्रो जिन्दगीमा भने यसले ठुलो धक्का पुरयाएको छ । त्यसको मोल हामीले तपाईबाट खोजेका पनि छैनौ, न्याय खोजेका हौँ, त्यो दिन तपाईलाई किन अप्ठेरो ?