Saturday, March 14, 2015

छोराको चाहनामा पाँच महिनाकी छोरीको गर्दन काटेर रगत पिउने यी कस्ती आमा ?

एजेन्सी, ३० फागुन–उत्तरप्रदेशको सहारनपुर, जनपदमा छोराको चाहनामा एक महिलाले पाँच महिनाकी छोरुीलाइ बली दिएकी छन् ।
पुलिसले ती महिलालाई गिरफ्तार गरेको छ । पुलिसकाअनुसार गंगोहा निवासी रिना नामकी यी महिलाका दुईवटी छोरीको जन्म भइसकेको थियो । ठूली छोरी आफ्ना बाबुका साथमा थिइ भने कान्छी छोरी पाँच महिनाकी छोरी आमाका साथमा । बिहीबार परिवार पक्षले रिनाकी कान्छी छोरी हराएको सूचना पुलिसलाई दिएका थिए । छानबिनका क्रममा पुलिसले रिनामाथि शंका गर्दै उसलाई प्रहरी हिरासतमा लिएको थियो । सुरुमा रिनाले सबै कुरा लुकाउने प्रयत्न गरे पनि पछि आफ्नो नाबालक छोरीको हत्या गरेको स्वीकार गरेकी थिइन् । पुलिसले छोरा नभएकाले रिना चिन्तित भएको छ र छोराको चाहानामा बालिकाको बली दिएको बताएको छ । रिनाले पहिले छोरीको गर्दन काटेर रगत पिएको र पछि एकान्तमा लगेर गाडेको प्रहरीलाई बताएकी छन् । प्रहरीले बच्चीको शव निकालेर पोस्टमार्टमका लागि पठाएको छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस