धेरैपछि कट्रिनाले सलमानको सहयोगकै कारण बलिउडमा आउन सफल भएको कुरा गरेपछि सलमान-कट्रिना को सम्बन्धको विषयमा शंका गर्नेहरुलाई बल पुगेको छ ।
एउटा समाचार च्यानलमा अन्तर्वाता दिने क्रममा ३१ वर्षिय अभिनेत्री कट्रिनाले सलमान सान्दार अभिनेता भएको टिप्पणी गरिन् । उनले भनिन ‘सलमान मेरो जीवन र फिल्मी करिअरको महत्वपूर्ण हिस्सा हो ।’ सलमान लगायत उनका परिवारका सबै सदस्यसाग राम्रो सम्बन्ध भएको बताउादै कट्रिनाले भनेकी छिन ‘म सलमानको सम्पूर्ण परिवारलाई आदर गर्छु ।’
अहिलेसम्म भेटेका मध्यै सलमान सबैभन्दा बेजोड ब्यक्ति भएको कट्रिना को भनाई छ ।