Sunday, March 15, 2015

सुनको मुल्य घट्ने क्रम जारि

चैत १ , २०७१
यो हप्ता पनि सुन चाँदीको मूल्यमा सामान्य गिरावट जारी नै रह्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै साता पनि स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आयो ।


साताको शुरुको दिन छापावाल सुन तोलाको ५० हजार ५ सयमा कारोबार भएको थियो । सोमबार उकालो लागेर ५० हजार ८ सय पुग्यो भने मंगलबार पुनः ५० हजार ५ सयमा झर्यो

बुधबार स्थीर रहेको भाउ विहीबार ४ सयले झरेर ५० हजार १ सय कायम भयो । अन्तिम दिन शुक्रबार सामान्य उकालो लागेर ५० हजार ३ सयमा कारोबार भयो ।

साताको शुरुको दिनको तुलनामा अन्तिम दिन २ सयले घटेको हो । चाँदी पनि आइतबार तोलाको ६ सय ८० मा कारोबार भएकोमा शुक्रबार १० रुपैयाँले न्यून रहेर ६ सय ७० मा कारोबार भएको थियो ।

अमेरिकी डलर बलियो भएर लगानीकर्ताहरु सुन चाँदीमा भन्दा अन्यतिर आकर्षित हुँदा सुन चाँदीको भाउमा गिरावट देखा परेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो महिना अन्तर्राष्ट्रिय रुपमै सुनको माग कम हुने महिना रहेको हुनाले आगामी हप्ता पनि सुनको भाउ बृद्धि हुने छाँट नदेखिएको पनि महासंघले जनाएको छ ।
- Source-imagekhabar.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस