आफ्ना सहकर्मीलाई हमाद विमानस्थल छाडेर फर्किने क्रममा तनहुँका हरिभक्त गैरे र झापाका सन्तोष लिम्बू दुर्घटनामा परेका हुन् । उनीहरुको गाडीभित्रै जलेर मृत्यु भएको बताइएको छ ।
गाडी चालक गणेश ढुंगाना गम्भीर घाइते भएका छन् । दुवैको शब हमाद अस्पतालमा राखिएको छ ।
‘गाडी पल्टिएपछि आगलागी भएछ । जलेर दुई साथीको मृत्यु हुन पुग्यो,’ एउटै कम्पनीमा कार्यरत नरेश शर्माले भने, ‘बिहान ड्युटीमा नभेटिएर सोधखोज गर्दा मात्र घटनाबारे जानकारी भयो ।’
उनीहरु कतारको प्रतिष्ठित मिराक कम्पनीमा कार्यरत रहेका थिए । कान्तिपुर दैनिकमा समाचार छ ।