Sunday, March 15, 2015

संसारकै शक्तिशाली रुसी राष्ट्रपति पुटिन बेपत्ता !

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सार्वजनिक रुपमा नदेखिएको एक साता भइसक्यो । त्यसैले उनलाई लिएर कैयौ अफबाह सिर्जना भएका छन् ।



कतिले उनी आफ्नी ओलम्पियन प्रेमिकालाई लिएर स्वीजरल्याण्ड गएको लख काटेका छन् भने कतिले उनलाई क्रेमलिनमै नजरबन्दमा राखिएको अनुमान गरेका छन् ।

स्विस पत्रिका बिल्कले पुटिन र उनकी प्रेमिका अलिना काबायेवा स्विजरल्याण्डमा रहेको बताएको छ । पत्रिकाका अनुसार काबायेवाले केही दिनमैनयाँ सन्तानलाई जन्म दिँदैछिन् ।
त्यसका लागि उनीहरु स्वीजरल्याण्ड पुगेको पत्रिकाले दावी गरेको छ । सन् २००४ मा एथेन्स ओलम्पिकमा देशलाई गोल्ड मेडल दिलाएकी काबायेवा रुसी जिम्नास्ट हुन् ।
सम्बन्धविच्छेद गरेका पुटिन र काबायेवाको प्रेम सम्बन्ध रहेको व्यापक चर्चा छ । तर, पुटिनले यसलाई आधिकारिक रुपमा स्वीकारेका छैनन् ।
त्यस्तै पुटिन अस्वस्थ भएकाले बाहिर ननिस्केको पनि हल्ला छ । पुटिन गायब हुँदा उनका मार्च ८ पछिका सबै कार्यक्रम रद्द हुँदै आएका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस