Sunday, March 15, 2015

आजको राशिफल : आज मिति २०७१ साल चैत १ गते आईतवार

मेष (चू चे चो ला ली लु ले लो अ)

समय अत्यन्तै सुखद् रहेको छ । कर्मक्षेत्र आफू अनुकूल रहने छ । बन्न लागेका काम अझ प्रगाढ हुँदै जाने छन् । आर्थिक पक्ष मजबुत होला । आफूलाई न्याय भएको महशुस गरिने छ । परिवारमा देखिएका असमझदारी दुर भएर जाने छन् ।

वृष (इ उ ए ‌ओ वा वी वु वे वो)

आत्म शक्ति प्रवल रहने छ । दिन दुःखीहरुको सेवामा लागिनेछ । केही भविष्यको बारेमा लक्षित कार्यमा लगानी हुनेछ । समय सापेक्षित कार्यमा लाग्नु उच्च प्रतिफल प्राप्तिको कारण बन्ने छ । मन पर्ने व्यक्तिबाट सहयोग मिल्ने ग्रह योग रहेको छ । अनिच्छा हुँदा हुँदै पनि गरेको काम सफल हुनेछ ।

मिथुन (का कि कु घ ङ छ के को हा)

सौखिन कार्यको किन बेचबाट फाइदा हुनेछ । गाडी वाहन सुख मिल्नेछ । जग्गा जमिनको खरिद बिक्रीबाट राम्रै मुनाफा कमाइने छ । पैतृक सम्पत्ति सम्बन्धी विवाद समाधान हुनेछ । रोक्किएका काम सम्पन्न हुनेछन् । अग्निकारक बस्तुको भय रहनेछ ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)


विद्वानजनसँग संगत हुने भएकोले सकारात्मक सहयोग मिल्नेछ । कलाकारितामा विशेष सफल भइने छ । अरुप्रति उदार बन्दा आफ्नो कामपछि पर्ला । चाहिने भन्दा बढी प्राप्त गर्न खोज्नु चिन्ता निम्त्याउनु मात्र हुनेछ । सन्तानको मार्गबाट शुभ समाचार सुनिने छ ।

सिंह (मा मि मू मे मो टा टी टु टे)

स्वास्थ्य प्रतिकूल रहने देखिएकोछ । तान्त्रिक विद्या प्राप्तिमा तिब्र इच्छा जाग्ने छ । प्राकृतिक शक्तिको भय बनिरहने छ । निच व्यक्तिको संगतबाट बच्नुहोला, ठगिन सकिनेछ । बनिसकेको काम अन्त्यमा बिग्रनु चिन्ताको विषय बन्ने छ ।

कन्या (टो प पी पु ष ण ठ पे मो)

प्रेम सम्बन्ध फल्ने फुल्नेछ । परिवारमा खुसियाली छाउने छ । पहिले गरेको कामबाट उच्च परिणाम हात पर्नेछ । मित्रको सफल कार्यबाट प्रभावित भै शुभ काममा लगानी लगाइने छ । इस्ट मित्रबाट उचित सहयोग सदभाव मिल्नेछ । मानसिक शान्ति हुनेछ ।


तुला (र री रु रे रो ता ती तू ते)
तपाईले समातेको कार्य नै गलत हुन जाँदा प्रतिफल शुन्य हात लाग्नेछ । आर्थिक पक्ष कमजोर हुन गइ पुरानो कार्यमा रुमलिनु पर्ला । गलत सल्लाह मिलेपछि अन्त्यमा पछुताउनु सिवाय अरु बिकल्प नै सकिने छन् । आरोप प्रत्यारोपमा लाग्नु पूर्व वास्तविकता बोध गर्नु उचित हुनेछ ।


वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
भाग्योदयको योग रहेको छ । गुमेको धन पुन प्राप्त हुनेछ । न्यायिक असमताको बिरुद्धमा सफल बनिनेछ । नेतृत्वदायी क्षमता सवल हुनेछ । बोलीको कारण सम्मान मिल्नेछ । तार्किक प्रतियोगिता आदिमा तपार्इंको विजय सुनिश्चित हुनेछ ।


धनु (य यो भा भी भू ध फा ढ भे)
पेशा परिवर्तनको योग रहेको छ । स्थान लाभ हुने एवम् कार्यको जस मिल्ने समय छ । आँटेको काम पुरा होला । अचानक यात्रामा निस्कनु पर्ने हुनेछ । विवादबाट भने टाढा रहेको बेस हुनेछ । अरुको कुरा तत्काल विश्वास गरेबाट ठगिने सम्भावना रहेको छ ।


मकर (जो जा जी खी खू खे खो गा गी)
विषम परिस्थितिलार्इ पनि अनुकूल बनाउने शक्ति मिल्नेछ । धैर्य धारण गर्ने बानीले महानता झल्काउने छ । असल व्यक्तिको सहयोगले आर्थिक आम्दानी बढ्ने छ । पारिवारिक सम्बन्ध प्रगाढ़ बन्नुको साथै आपसी हितका बिषयमा सचेत बनिनेछ ।


कुम्भ (गू गे गो सा सी सु से सो द)
शरीरमा चोट पटकादी भय रहेको छ । झुठा मुद्दा आरोपहरु लाग्न सक्नेछन् । परिवारमा बेमेलको स्थिति रहला । सन्तानको मार्गबाट खर्च अधिक हुनेछ । ब्यापार घाटामा जाला । प्रतिष्ठामा आँच आउन सक्ने छ, सावधान रहनुहोला ।


मीन (दि दू थ भ ञ दे दो चा ची)
समय शुभ फलदायी रहला । घरमा शुभ कार्य सम्पन्न हुनेछ । परिवारका सबै सदस्य उत्ति नै उत्तरदायी बन्दा काम गर्न सहज हुनेछ । सामाजिक कार्यमा जिम्मेवारी थपिने योग रहेको छ । तपार्इंको अठोट कार्य रुपमा खरो उत्रिने छ । मनोवल उच्च हुनेछ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस