महानगरीय प्रहरी प्रमुख एआइजी विज्ञानराज शर्माले एसिड आक्रमण घटना अनुसन्धानको प्रगति विवरण सार्वजनिक गर्न लागेको बताए। उनले अन्नपूर्णसँग भने, प्रहरी चुप लागेर बसेको छैन। यतिका दिनसम्म प्रहरीले के के गर्यो भन्ने कुरा आज सार्वजनिक हुन्छ।'
महागुन १० गते राजधानीको केन्द्र बशन्तपुरस्थित एक ट्युशन सेन्टरमा पढ्दै गरेका सिमा बस्नेत र संगिता मगरलाई एसिड प्रहार गरी घाइते बनाइएको थियो । दुवैको अहिले अस्पतालमा उपचार भइरहेको छ। एसिड प्रहारबाट घाइते सीमाले बुधबार प्रधानमन्त्रीलाई चार पृष्ठ लामाे पत्र लेख्दै अभियुक्तलाई पक्राउ गरी फाँसी दिन माग गरेकी थिइन् ।
एसिड प्रहार गर्ने अभियुक्तलाई पक्राउ गर्न नसकेको भन्दै सरकार तथा प्रहरीको संसदीय समिति तथा नागरिक समाजबाट कडा आलोचना भएको छ। एसिड घटनाबारे अनुसन्धान गर्न एसपी मिरा चौधरीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। एसिड हान्ने युवक पहिचान भइसकेको र छिटै सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी प्रहरी स्राेतले बतायो।