Friday, March 13, 2015

१३ वर्षकी किशोरी ‘प्रशव पीडा’ मा छटपटाउँदै, डाक्टरले किन गर्न सकेनन् उपचार ?

यी किशोरीले बच्चा जन्माउन लागेकी होइनन् । तर उनले हर समये बच्चा जन्माउने बेलाकै जस्तो पीडा खपिरहनु परेको छ । बेलायतको लण्डनस्थित रेइनह्यामकी बासिन्दा लुसी लो पलपलको पीडाकै कारण ओछ्यानमै पर्नु परेको छ र पीडाकै कारण रोइरहनु परेको छ ।
सुरु सुरुमा निकै पेट दुखेर डाक्टरकोमा जँचाउन जाँदा डाक्टरहरुले कब्जियतका कारण त्यस्तो भएको हुनसक्ने शंका गरे । तर उपचार तथा नियमित औषधि सेवनबाट समेत दुखाइ नघटेपछि उनलाई अस्पताल भर्ना गरेर पेटका सबै जाँच गरियो । स्वास्थ्य जाँचपछि पत्ता लाग्यो की एक दुर्लभ वंशाणुजन्य रोगका कारण उनलाई त्यस्तो पेटको असह्य पीडा भएको रहेछ ।
चिकित्सा भाषामा सुपेरियर मिजेन्टि्रक आर्टेरियल डिस्अर्डर सिन्ड्रोभ भनिन्छ यो रोगलाई । यो रोगका कारण सानो आन्द्राको ड्युडेनम भन्ने भाग दुइवटा रक्तनलीको बीचमा थिचिन्छ र बन्द समेत हुन्छ । जसका कारण पेटमा निकै बढि दुखाइ महसुस हुन्छ ।
आफुलाई सुत्केरी व्यथा लाग्दा हुने पीडाजस्तै दुखाइ महसुस गर्दै छोरी चौबिसै घण्टा रुन कराउन थालेपछि आमाले उनलाई अस्पताल भर्ना गरेर उपचार सुरु गरेकी थिइन् । तर स्थानीय अस्पतालले उक्त वंशाणुजन्य रोगको तत्काल उपचार सम्भव नभएको भनि उनलाई दुखाइ कम गर्ने लगायतका सामान्य औषधि दिएर भरथेग गरिरहेको छ ।
आमा जोएले छोरीको उपचारमा अस्पतालले ढिलासुस्ती गरिरहेको भन्दै अन्य सुविधासम्पन्न अस्प्तालमा उपचार गराउनका लागि आर्थिक सहयोग जुटाउन फेसबुक मार्फत अभियान समेत संचालन गरेकी छिन् र त्यसमा केही रकम समेत जुटिसकेको छ । तर मिडवे म्यारिटाइम अस्पतालका प्रवक्ताले भने ती किशोरीको उपचारका लागि हरसम्भव प्रयास गरिरहेको दाबी गरेका छन् ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस