Friday, March 13, 2015

स्कूल बस नहरमा खस्यो, २६ जना घाइते (अपडेट)

पोखरा :  विद्यार्थीलाई घर पुर्‍याउन विद्यालयबाट फर्किएको बस लेखनाथ नगरपालिकाको वडा न १२ अन्तर्गत खुदीचोकस्‍थित एउटा नहरमा खसेर दुर्घटना भएको छ।

प्रहरीले दिएको प्रारम्भिक जानकारीअनुसार न्यू लेखनाथ बोर्डिङ स्कूलको ना ३ ख ६६४७ नम्बरको गाडी नहरमा पल्टिँदा २६ जना घाइते भएका छन्। घाइते विद्यार्थीलाई पश्चिाञ्चल क्षेत्रीय अस्पातलमा  पोखरामा ल्याइएको छ तथा स्थानीय सामुदायिक अस्तपालमा उपचारका लागि भर्ना गरिएको छ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस