यो प्रायः ४० वर्षभन्दा बढी उमेरका मानिसलाई देखिने भए पनि केहीलाई २० बर्षमा पनि देखिएको छ । यो मोटोपना र अस्वस्थकर जीवनशैलीबाट बढी हुने भएकाले यसलाई नियन्त्रण गर्न सकिन्छ । यो मधुमेह केहीलाई वंशाणुगत कारणले पनि हुन्छ । यदि बंशजमा छ भने जीवनशैली परिवर्तन गरे केही हदसम्म यसबाट बँच्न सकिन्छ । यो ३० देखि ५० प्रतिशतलाई कुनै पनि लक्षण बिना नै देखिन सक्छ । शरीर कमजोर हुने, खुट्टा झमझम गर्ने, पिसाबमा कमिला लाग्ने, लामो समयसम्म घाउ निको नहुने यसका लक्षण हुन् । समयमै ध्यान दिए यो मधुमेहबाट बँच्न सकिन्छ । जीवनशैली परिवर्तन, शारीरिक व्यायाम, तौल नियन्त्रण, सूर्तीजन्य पदार्थको प्रयोग नगर्ने, चिल्लो तथा नुनिलो कम गर्ने, तनाव नलिने र खानपानमा ध्यान पु¥याउँदा यसबाट बँच्न सकिन्छ । डा. अंशुमाली जोशी मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ
नेपालमा धेरै देखिएको टाइप दुई मधुमेहबारे जानौं