Sunday, March 15, 2015

मलेसियिन व्यापारीसँग झरना विवाह बन्धनमा

नायिका तथा मोडल झरना बज्राचार्यले मलेसियिन व्यापारी राहुल अग्रवालसँग बिहे गरेकी छन्।
बिहीबार राजधानीको सितापाइलास्थित झरनाको निवासमा भारतीय मुलका अग्रवालसँग लगनगाँठो कसेका हुन्।
मलेसियामा रेष्टुरेन्ट व्यवसाय गर्ने अग्रवाल मलेसियाको राजधानी क्वालालम्पुरमा बस्दै आएका छन्। विगत साढे तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका बज्राचार्य र अग्रवालबीच फिल्मको सूटिङका क्रममा भेट भएको थियो।
बिहेको एकदिन पछि शुक्रबार ३४ वर्ष पुगेकी झरनाको जोडी अहिले मुस्ताङको जोमसोममा हनिमून मनाउँदै छन्।
गत वर्षदेखि नै झरना मलेसिया र काठमाडौं आधा आधा समय बिताउँदै आएकी थिइन्।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस