खकुरी प्रहार गरी घाइते भएकी बालिका आज्ञाश्री उपचारपछि सामान्य अवस्थामा आएकी थिइन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अभियुक्त सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डिआइजी हेमन्त मल्ल ठकुरीले निकै लामो अनुसन्धान र निरन्तरको प्रयासपछि अभियुक्त पक्राउ गर्न प्रहरी सफल भएको र आजै सार्वजनिक गरिने बताए।
घटनाको छानबिन तथा अभियुक्तको खोजी गर्न प्रहरीले पटकपटक कार्यदल बनाए पनि प्रहरीले अभियुक्त पहिचान गर्न सकेको थिएन । रानीबारी हत्याका अभियुक्त पक्राउ गर्न नसकेकोमा प्रहरीको आलोचना पनि भएको थियो ।