फेसबुकले प्रयोगकर्ताहरलाई मृत्युपछि आफ्नो अकाउण्ट बन्द गर्ने कि अरुलाई प्रयोग गर्न दिने भन्ने अप्सन दिएको छ । तपाइँले चाहेमा फेसबुकलाई अरुले चलाउने गरि छोड्न पनि सक्नु हुन्छ भने नभए बन्द गर्न मिल्ने समेत सुविधा छ ।
यसो गर्नका लागि अकाउण्टको सेक्युरिटी सेटिङ्समा जाने र त्यहाँ रहेको लेगसी कन्ट्याक्टमा क्लिक गर्नुस् त्यसमा तपाइँको एक विश्वास पात्र एवं फेसबुक प्रयोगकर्ताको नाम दिनुस् । त्यसमा मृत्यु पछि अकाउण्ट डिलिट गर्ने सुविधा पनि दिइएको छ ।
तपाइँले कसलाई छानेको हो भन्ने कुरा तपाइँको एकाउण्टलाई मेमोरेबलमा नबदले सम्म नोटिफिकेसन दिँइदैन । तर चाहेमा भने पहिल्यै पनि सूचना दिन सकिन्छ ।
कुनै पनि ब्यक्तिको निधन भएमा उसको फेसबुकलाई मृत ब्यक्तिको सर्टिफिकेट दिने ब्यवस्था पनि फेसबुकले गरेको छ । फेसबुकमा अहिले १ दशमलव ४ अर्व प्रयोगकर्ता छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस