Saturday, February 14, 2015

भ्यालेन्टाइनमा केटीले रोजिन् जोन

हलिउड गायिका तथा नायिका केटी पेरी अहिले चर्चामा रहेकी विश्वविख्यात सेलिब्रेटी हुन्। २९ वर्षीया यी पप स्टारको ट्विटरमा अहिलेसम्म चार करोड ६६ लाख ७१ हजारभन्दा बढी फलोअर छन्।

यसअघि क्यानेडेली पपगायक जस्टिर बिबर सबभन्दा बढी फलो गरिने सेलिब्रेटी दरिएका थिए। केही समयभित्रै केटीले ट्विटरमा पाँच करोड फलोअर्स बटुल्ने अनुमान गरिएको छ।


न्युयोर्कको एउटा रेकर्डिङ स्टुडियोमा भेटिएका जिम क्लान हिरोजसँग उनले डेटिङ सुरु गरेकी थिइन्। एक वर्षपछि प्रेमसम्बन्धलाई ब्रेक दिएका उनीहरूले सन् २००९ देखि पुन: डेटिङ सुरु गरेर सबैलाई चकित पारे।

तर, यो सम्बन्ध लामो समय रहन सकेन। सोही वर्षको डिसेम्बरदेखि केटी बेलायती हास्यकलाकार रसेल ब्रान्डको मायामा परिन्। विवाहबन्धनमा बाँधिएको यो जोडीले सन् २०१२ मा पारपाचुके ग:यो।

प्रेमसम्बन्ध कायम गर्न माहिर केटीको सन् २०१३ मा जोन मेयर र रोबर्ट प्याट्टिसनबीचको त्रिकोणात्मक प्रेमसम्बन्धले चर्चा पायो। रोबर्टले केटीलाई निकै मन पराए पनि केटीको भने जोनसँग झुकाव देखियो।

'जोनसँगको शारीरिक सम्पर्क जीवनमै सबभन्दा उत्कृष्ट रहेकाले आफूलाई जोन मन परेको' भन्ने केटीको प्रतिक्रिया त्यति बेला सञ्चारमाध्यममा छाएको थियो।

केही समय उनीहरूमा मनमुटाव रहे पनि अहिले डेटिङमै छन्। यसपटकको भ्यालेन्टाइनमा केटी र जोनले एकसाथ समय बिताउने बताइएको छ। -एजेन्सी

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस