केवल १ सय पटक मात्र चरम आनन्द प्राप्त गर्न सक्ने ती युवकको यौनांग त्यसपछि जिन्दगीभर उत्तेजित हुनेछैन ।
सुन्दैमा निकै पीडादायी लाग्ने यो यथार्थ भोग्ने युवक अहिले ३४ वर्षका भए । आर एल एस छोटकरी नाम बताइएका ती अमेरिकी युवकको त्यस्तो विचित्रको स्वास्थ्य समस्याका कारण डाक्टरहरु समेत अचम्ममा परेका छन् ।
डाक्टरहरुका अनुसार ती युवक लिंगको तन्तुको इडियोप्याथिक फिब्रोसिस रोगबाट पीडित छन् । यो दुर्लभ रोगका कारण हरेक पटक विर्यस्खलन हुँदा उनको लिंगमा काम नलाग्ने कडा तन्तुहरुको निर्माण हुँदै थुपि्रने गर्छ । लिंगमा यस्तो तन्तु बढि थुपि्रएपछि अन्ततः मानिसको लिंग उत्तेजित हुन सक्दैन ।
डेलीमेलसँगको कुराकानीमा ती युवकले यस्तो रोग भएको मानिस विश्वमा अरु कोहीपनि नदेखेको भन्दै डाक्टरहरु समेत चकित बनेको बताए ।
ऋहिले उनलाई सेक्स भन्ने बित्तिकै डर लाग्छ ।
आफ्नो रोग पत्ता लागेदेखि आफु केवल एकजना महिलासँग मात्र सहवास गर्ने गरेको बताउँदै उनी भन्छन्, ‘जब उनले दोश्रो पटकका लागि आग्रह गर्छिन् तब मलाई भयंकर डरले बढार्छ ।’ त्यसपछि आफ्नो पसिना छुट्ने र छाति चिरिने दुखेसो उनको छ ।
ऋाफुसँगै समस्या भएका अरु मानिसहरु पनि छन् की भनेर उनले खोज्न सुरु गरिसकेका छन् ता की उस्तै समस्या भएकाहरुसँग मनका कुरा गरेर कसरी त्यस्तो समस्यासँग जुध्ने भन्ने बाटो पहिल्याउन सकियोस् ।