एजेन्सी । तपाईं विवाह बन्धनमा बाँधीदै हुनुहुन्छ भने आफ्नी भावि श्रीमतीको रुपका बारेमा पनि चिन्तीत हुनुहुन्छ । तपाईंलाई मोटी केटी मन पर्न सक्छ, या पातली पनि ।
तर, यहाँ चर्चा गर्न लागिएकी वेहुलीको वजन ३६१ केजी रहेको छ । अमेरिकी नागरिक सुजेन इमनले सन् २०१३ मै विवाहको तयारी गरेकी थिइन् । तर, वजन घटाउन सुझाव आएपछि उनको बिवाह केही समय रोकीयो ।
तर, उनको वजन घटाउने निर्णयका विरुद्धमा उनका प्रेमिले उनलाई छाडीदिए । उनलाई मन पराउने अर्का व्यक्ति अबेट निकले उनीसँग विवाह गर्न राजी भए ।
अब चाँडै नै उनीहरुको विवाह हुँदै छ । सुजेनको विवाहकालागि तयार पारीने गाउनको लम्वाइ ४४ यार्ड लामो हुने छ ।
विवाहको तयारीमा रहेकी उनी संसारकै सबैभन्दा मोटी बेहुलीका रुपमा आफुलाई दर्ज गराउने तयारीमा छिन् ।