Monday, February 16, 2015

ढिला जेल गएकोमा सञ्जय दत्तमाथि कारवाही हुने

फागुन ४ गते
मुम्बई । स्वास्थ्य परिक्षण गर्ने भन्दै नयाँ वर्षमा जेलवाट छुटि्ट लिएका सञ्जय दत्तलाई दुई दिन ढिला फर्किएको भन्दै कारवाही गरिने भएको छ ।
महाराष्ट्र जेल प्रशासनले हालै सार्वजनिक गरेको रिपोर्टमा उल्लेख भएअनुसार सञ्जय तोकिएभन्दा दुईदिन ढिला जेलमा आईपुगेका छन् । यसलाई जेलको नियम उलंघन गरेको मानिन्छ ।

प्रशासनको नयाँ रिपोर्ट सुनेपछि पूर्णेको जेलमा रहेका सञ्जयको हैरानी बढेको छ । त्यसो त जेल प्रशासनले जेलको नियम उलंघन गर्ने सबैलाई बराबर कार्वाही हुने जनाएको छ ।
रिपोर्टमा सञ्जयले दोस्रो पटक १४ दिन छुट्टी बढाउन निवेदन दिँदा मुम्बई प्रहरी र जेल अधिकारीविच समन्वय नभएको उल्लेख छ ।
जेल प्रशासनले दिएको छुटि्ट अवधि सकिएपछि सञ्जयले १४ दिन थप छुट्टी चाहिएको भन्दै मुम्बई प्रहरीमा निवेदन दिएका थिए ।
पछिल्लो पटक सञ्जयलाई पूर्णेमा रहेको यरवदा जेलले १४ दिनको लागि छुट्टी दिएको थियो । नियमअनुसार उनी ८ जनवरीमा जेल पुग्नुपर्ने थियो तर, १० जनवरीमा मात्रै पुगेका थिए ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस