छवि ओझाकै ब्यानरमा बनेको ‘लज्जा’ र ‘हवल्दार सुन्तली’मा शिल्पाले मुख्य भुमिका निर्वाह गरेकी छिन् । दुबै फिल्ममा शिल्पाको काम तारिफयोग्य भएको दाबी गरे ओझाले ।
नेपाली फिल्ममा नायिका हुनका लागि अभिनय, नृत्य र फाईटमा दम हुनुपर्छ । शिल्पामा यी तीनै गुण भएको पाएका छन् उनले । ‘नृत्य र अभिनय त राम्रो थियो । ‘हवल्दार सुन्तली’मा फाइट पनि निकै राम्रो गरिन् ।’ ओझाले शिल्पाको तारिफ गर्दै भने ।
कुनै पनि चलचित्रमा अनुबन्ध भएपछि त्यही चलचित्रमा केन्द्रित हुने बानी छ रे उनको । शिल्पालाई नजिकवाट चिनेका निर्माता ओझा भन्छन् ‘आफुले काम गर्ने चलचित्रको स्क्रिप्ट पढेर प्रत्येक दृष्यमा जीवन्त अभिनय गर्ने प्रयास गर्छिन् शिल्पा ।’
श्याम भट्टराईको निर्देशनमा बैशाख २ वाट ‘किस्मत’को सुटिङ हुने भएको छ भने ‘हिफाजत २’ को सुटिङ ज्ञानेन्द्र देउजाको निर्देशनमा भदौमा हुनेछ ।