पक्राउ पर्नेमा रेस्टुरेन्ट सञ्चालक भारत विहारको सुरसण्ड विरख घर भई हाल जलेश्वर–४ मा बस्दै आएका राजीवरञ्जन कुमार, निजका पत्नी अनिता चौधरी र रेस्टुरेन्टमा काम गर्ने तीनजना युवती रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।
पक्राउ परेका राजीव रञ्जन र निजका पत्नी अनिताले जलेश्वर–४ मा रेस्टुरेन्ट सञ्चालन गरी त्यसमा केटीहरु राखेर ग्राहकसँग अश्लील क्रियाकलाप गराई समाजमा नकारात्मक प्रभाव पारेको आरोपमा प्रहरीको छ । नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठका अनुसार जलेश्वरका घना बस्तीबीच रेस्टुरेन्ट खोली अश्लील क्रियाकलाप गराउँदै गरेका अवस्थामा प्रहरीले पक्राउ गरेका पाँचै जनामाथि सार्वजनिक मुद्दा चलाउने तयारी गरेको छ ।