Monday, February 16, 2015

एमाओवादीको आन्दोलनले संविधान दिन सक्दैन : अध्यक्ष महतो

वीरगन्ज, ४ फागुन । एमाओवादी नेतृत्वको ३० दलिय मोर्चाको सदस्य दल सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एमाओवादी आन्दोलन औचित्य नभएको बताउदै यही संविधानसभाबाट संविधान जारी हुने दाबी गर्नुभएको छ ।
मधेसी पत्रकार समाज पर्साको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले सत्तारूढ दलहरूलाई दबाब दिनका लागि आफूहरूले आन्दोलन गर्न परेको जानकारी दिनुभयो ।
उहाँले दुई तिहाइको घमण्डलाई चकनाचुर बनाउन पनि आन्दोलनको तयारी गरिएको बताउदै संविधानसभाको एक वर्षको समय सकिएको भए पनि अझै तीन वर्षको समय बाँकी रहेका कारण संविधानसभाबाट नै संविधान जारी हुने सम्भावना रहेको उल्लेख गर्नुभयो ।
संविधान जारी गर्नका लागि सडकबाट आफूहरूले दबाब मात्रै सृजना गर्न लागेको अध्यक्ष महतोले स्पष्ट पार्नुभयो । उहाँले मधेसमा पहाडी समुदायका पनि बाक्लो उपस्थिति रहेका कारण मधेसलाई समुदायको आधारमा टुक्र्याउन नहुने बताउनुभयो ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस