यो कुरा तत्काल व्यवस्था गर्न पृथ्विनारायण शाहले भारदारहरुलाई निर्देशन दिए । भारदारहरुले भने,‘महाराज,छाता भनेको श्रीपेच हो,जुत्ता भनेको राज्य हो । जयप्रकाशको धोको भनेको यही हो ।’
अन्तिम अवस्थामा पनि कत्ति पनि लचक नभई पूर्वराजा जयप्रकाश मल्लले जसरी आफ्नो धोको प्रस्तुत गरेका थिए,अहिलेका पूर्वराजा ज्ञानेन्द्र शाह तथा उनका छोरा पारस शाहको घमन्ड पनि त्योभन्दा कम्ती छैन । पारस दुई महिनादेखि थाइल्यान्डको जेलमा छन् । पटके अपराधी भएका कारण उनलाई थाइल्यन्ड सरकारले दुर्गम क्षेत्रको जेलमा थुनेर राखेको छ । पारस नेपालका पूर्वयुवराज हुन् भन्ने थाइल्यान्ड सरकारलाई थाहा नभएको होइन । पूर्वयुवराज जस्तो उच्च प्रोफाइलको व्यक्ति भागेर लुक्न नसक्ने हुँदा तारेखमा छुट्ने प्रावधान थाइल्यान्डको कानुनमा छ । तर,यसका लागि सम्बन्धित देशका दूतावासले पूर्वयुवराज भएको प्रमाणित गरी अदालतमा पेस गरिदिनुपर्नेछ । तर,उक्त प्रमाणित कागज लिन दूतावास जान पारसको अन्तर्आत्माले मानेन । पूर्वयुवराज भएको प्रमाण बनाइदेऊ भन्दै नेपाली दूतावासका कर्मचारीलाई नमस्ते गर्नुभन्दा जेलमै सड्नु उचित हुने ठम्याइँमा पारस पुगे । सायद उनकी श्रीमती हिमानी शाह गत शिवरात्रीमा थाइल्यान्ड नगएको भए आफ्नै घमन्डका कारण पारस जेलमै सड्ने रहेछन् ।
हिमानीले शिवरात्रीको अवसरमा आफ्नै हातले तान्त्रिक बुटी लगाइदिनु र त्यसका डेढ साता नवित्दै पारस रिहाइ हुने कुरा संयोग मात्रै हो या ईश्वरीय शक्ति हो ? बुझ्न नसकिएको थाइल्यान्डमा रहेका पारसका साथीहरु बताउँछन् । निर्मल निवास स्रोतका अनुसार गत कात्तिकमा भारतको बंगालबाट आएक एक तान्त्रिकले लामो समय पूर्वराजासँग भेटवार्ता गरेका थिए । आजको तरुण साप्ताहिकमा खबर छ ।
-