Monday, March 2, 2015

होलिको चिर लिंगो ढल्यो, नराम्रो शंकेत


काठमाडौं । राजधानीको बसन्तपुरमा गाडीएको होलीको चिर लिंगो ढलेको छ । हरेक वर्ष होलि आउनुपुर्व उक्त चिर गाढ्ने चलन रहि आएको छ । होलीको चिर गाढेपछि होली सुरु भएको मानिन्छ । यो चिरलाई होली पर्वको प्रतिकका रुपमा लिने गरिन्छ ।

यो लिंगो होली नसकीदासम्म जस्ताको तस्तै रहनुपर्ने मान्यता रहि आएको छ । लिंगो ढलेपछि नराम्रो हुने त होइन भन्ने आशंका पैदा भएका छन् । तर, लिंगो ढलेपनि अर्को लिंगो गाड्न मिल्ने संस्कृतिविद्हरुले बताएका छन् ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस