Sunday, March 15, 2015

चकलेट र चाउचाउ हो र ? आकस्मिक गर्भनिरोधक औषधी मन लाग्ने बित्तिकै खाने ?

काठमाडौं । धेरै ठाउँमा महिलाहरुले गरेको कार्यक्रममा उठाइएको कुरा पनि हो, गर्भनिरोध औषधीको असर महिलाहरुलाई धेरै भयो यसको बारेमा राज्यले किन नसोचेको होला भन्नु हुन्छ । तर त्यहि महिला अधिकारकर्मि साथीहरुले कार्यक्रममा के भनिदिनु पर्यो भने यस्ता औषधी इमर्जेन्सीको लागि मात्रै हो, यसलाई सधैंभरी गर्भनिरोधक औषधीको रुपमा प्रयोग गर्नु हुँदैन भन्ने कुरा बताइदिनु पर्दछ । धेरै ठाउँमा महिला हिंसाको एउटा चरम रुप देखिन्छ तर त्यो चरम रुपको बारेमा उहाँहरु बोल्नुहुन्न ।


गर्भनिरोधको कुनैपनि साधनहरुको कुरा गर्दा ति साधनहरु सबै औषधी हुन् त्यसैले ति औषधीहरुमा हर्मोन हुन्छ । ति औषधीहरुको केहि न केहि असर हुन्छ । कुनै पनि औषधी किन्दा यसको यो असर हुन्छ भनेर कुनै पनि स्वास्थ्य कर्मिले झुट बोलेका हुँदैनन् जस्तै तिन महिने सुई लगाउँदा के के असर हुन्छ ? इनप्लान्ट लगाउँदा के हुन्छ ? चक्की खाँदा के हुन्छ ? भनेर सबैकुरा खुलस्त रुपमा भनेका हुन्छन् ।

र यि सबैकुरा भनि सकेपछि उक्त साधन प्रयोग गर्ने कि नगर्ने भन्नेकुरा तिनै महिलाको अधिकारको कुरा हुन्छ । तर अहिले कतिपय महिलाहरुले स्वास्थ्यकर्मी हरुले भन्नुभएन भनेर गलत समाचार फैलाउनु हुन्छ ।

कुनै पनि स्वास्थ्यकर्मिले गर्भनिरोधक साधन प्रयोग गर्न लगाउनुको कारण ति महिलाले नचाहाँदा नचाहाँदै बच्चा जन्माउन नपरोस भन्ने हो । उसको भबिष्य बर्बाद नहोस भन्ने हो । नचाहेको गर्भ रह्यो भने तुरुन्तै बिहे गर्नुपर्ने हुन्छ अझ कतिले आत्महत्या समते गर्नुहुन्छ त्यसैले यस्ता समस्या नआवस भनेर गर्भनिरोधका साधन प्रयोग गर्नुस भन्ने हो ।

अहिले यसको प्रयोग भन्दा बढि दुरुपयोग भइरहेको पनि पाइन्छ । यो त एउटा औषधी हो धेरै प्रयोग गर्यो भने असर त गर्छ नै । पेट भित्र रहनसक्ने सम्भावना भएको गर्भलाई त्यहाँको वातावरण रसायनिक वातावरणलाई बिगारीदिएर गर्भलाई बाहिर निकालीदिने काम गर्दर्छ । त्यसैले त्यहाँ अवस्य पनि शरिरलाई असर गर्ने काम गर्दछ । तर एकपटक मात्र प्रयोग गर्नुभयो भने त हाम्रो शरिरले पनि केहि न केहि रोक्न सक्ने क्षमता त हुन्छ तर पटक पटक प्रयोग गरीरहनुभयो भने स्वभाविक रुपमा हाम्रो शरिरमा प्रतिकुल असर पर्दछ । स्रोत रेडियो अडियो बाट

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस