यौन सम्पर्कको बेलामा यौनीका मांशपेशीहरु संकुचन गर्ने अथवा फुक्ने कुराहरु चाँहि तपाईको यौन उत्तेजना कुन अवस्थामा आउँछ त्यसले प्रभाव पार्ने कुरा हो । अर्को कारण भनेको कहिले काँही योनीको वरिपरीको मांसपेशीहरु खुकुलो भएको पनि हुन सक्छ त्यसतो बेलामा तपाईले किलर्स एक्सरसाइज गर्नसक्नुहुन्छ अर्थात पिसाब फेर्ने बेलामा कोहि मान्छेले देख्यो भने जसरी हामिले पिसाब रोक्छौ त्यसरी नै यौनीको किलर्स एक्सरसाइज गर्नुपर्छ ।
किलर्स एक्सरसाइज भन्नाले जसरी पिसाब रोक्नुभयो त्यसरी नै तर पिसाब गर्ने बेलामा होइन कि बिहान दिउसो बेलुकामा बेलबिग्रोहको मसल्सलाई च्याप्म च्याप्प पारेर रोक्ने, एकपटक च्याम्प पारेर एकदेखि दश सम्म गन्ने अनि छोड्ने फेरी गर्ने अनि छोड्ने गर्नुपर्छ ।
यो कार्य बिहान दिउसो बेलुका गरेर दश प्रन्ध पटक नै गर्नुभयो भने यौनी कसिलो हुनसक्छ । तपाईको यौनी खुकुलो नभईकन पनि श्रीमानले खुकुलो भएको भनेर तपाईलाई नराम्रो व्यवहार गर्नुभएको छ कि? यदि यस्तो हो भने तपाई यौन सम्पर्कको बेलामा पुर्णतया यौनसम्पर्कको लागि तयारी भएर यौनसम्पर्क गर्नुभयो भने त्यो समस्या हट्नसक्छ ।
डा.खेम कार्कीको भनाई