Saturday, March 14, 2015

आमा बजार जाँदा बाबुबाट छोरी बलात्कार

संखुवासभा : संखुवासभाको चैनपुरमा बाबुवाट १३ वर्षीया छोरी बलात्कृत भएकी छिन्।

पीडितले इलाका प्रहरी कार्यालय चैनपुरमा शुक्रबार उजुरी दिएपछि आरोपित बुवालाई प्रहरीले शनिबार गिरफ्तार गरी कारवाही सुरु गरेको छ। उनले प्रहरीसँगको बयानमा आफ्‍नो कसुर स्वीकार गरेका छन्।


नगरपालिकामा शुक्रबार दिउँसो दिउँसो २ बजे कामबाट घर आइ शरिर मसाज गर्न लगाएर बुवाले वलात्कार गरेको पीडितले बताएकी छिन्। आमा बजार गएको समयमा बुवालेले आपूलाई नराम्रो गरेको भन्दै आमालाई सुनाएपछि घटना खुलासा भएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण खाँदबारी अस्पतालमा शनिबार भयो। प्रहरीले आरोपितलाई जर्वजस्ती करणी महलमा मुद्धा दर्ता गर्ने तयारी गरेको जिल्ला प्रहरी प्रमख कमल थापाले बताए।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस