‘सञ्चै होइसिन्छ नि ?’ गहभरि आँसु पार्दै सोधिन् हिमानीे पूर्वयुवराज पारस शाहलाई । लागू औषध कारोबार सेवन गरेको अभियोगमा थाइल्यान्डको उदुकखानी जेलमा सजाय भोगिरहेका पति पारसलाई भेट्न पुगेकी हिमानीसँग पारस बोलन सकेनन् । मात्र हेरिरहे । सिताष्मा भक्कानिएर रुन थालिन् । सिताष्मालाई अँगालेर नियन्त्रण गर्न खोजिन स्मिताले ।केही क्षणको सन्नाटालाई चिर्दै पारसले मलिन स्वरमा सोधे,‘बुबा मामुलाई कस्तो छ ?’ ‘छोरी पुर्णिका,कृतिका र छोरा हृदयन्द्रबारे पनि सञ्चो–बिसञ्चो र पढाइका विषयमा सोधे । करिब आधा घन्टाको भेटमा पारसको सबै जिज्ञासा मेटाइन् हिमानीले ।’ यो पारस हिमानीको कथा एक सय प्रतिशत झुटो रहेको कुरा निर्मल निवास स्रोतले बताएको छ । स्रोतका अनुसार हिमानी अर्कै कामले बैंकक र मलेसिया समेतको भ्रमणमा गएकी थिइन् र उनले पारसका निकट साथीहरुसँग उनका बारे बुझे पनि जेलमा गएर भेटिनन् । स्रोतका अनुसार करिब एक साताको बसाइमा हिमानी मलेसियाको करिब २ दिने आफ्नो निजी भ्रमणमा समेत रहिन् । उनको निजी भ्रमण के हो भन्ने खुलाइएको छैन तर,उनले पारसलाई नभेटेको भने पुष्टि भएको छ । आजको साँघु साप्ताहिकमा खबर छ ।
हिमानीले बैंककमा पारसलाई किन त्यसो गरिन् ?