Monday, March 16, 2015

खुश्बु ओलीको प्रेम सम्बन्ध बिग्रिँदा दुई स्कुले विद्यार्थीको भविष्य

काठमाण्डु, २ चैत– खुस्बु ओली र अर्पण कोइरालाबीचको समबन्ध बिग्रँदाको परिणाम दुई बालकले भोग्नुपरेको छ ।


कोइराला अध्यक्ष रहेको गैरसरकारी संस्था ‘मानव कल्याण समूह’ ले दुई बालकको पढाइका लागि गरेको सहयोग बन्द गरेपछि चण्डोलस्थित अल्कापुरी बोर्डिङ स्कुलमा अध्ययनरत दुई बालक परीक्षा दिनबाट वञ्चित हुने भएका छन् ।

मानव कल्याण समूहले डेढ वर्षदेखि शुल्क तिर्न बेवास्ता गर्दा उक्त स्कुलमा अध्ययनरत ९ कक्षाका सुवास पौडेल र ६ कक्षाका सुवर्ण पौडेल १० चैतबाट हुने परीक्षामा बस्न नपाउने भएका हुन् ।


१० चैतबाट उनीहरुको वार्षिक परीक्षा थियो । तर, विद्यालयले उनीहरुले करिब ६० हजार तिर्न बाँकी रहेको रथप पढाउन आफ्नै आर्थिक अवस्था कमजोर रहेको भन्दै उनीहरुलाई नआउन भनेको छ ।
शुक्रवारसम्म विद्यालय आएका उनीहरु आइतबारबाट विद्यालय आउन छाडेका छन् ।
दुई बालक खुस्बु ओलीद्धारा सञ्चालित ‘साल्टर’ नामक संस्थामा बस्ने गर्दछन् भने कोइरालाको ‘मानव कल्याण समूह’ को आर्थिक सहयोगमा पढ्दै आएका थिए ।
खुस्बु ओली र अर्पण कोइरालाबीच आपसमा मनमुटाव भएपछि ती बालबालिकाको पढाइमा हुँदै आएको सहयोग बन्द भएको विद्यालयको भनाइ ।
विद्यालयका लेखापाल राजिव सिंहले डेढ वर्षदेखि दुवै विद्यार्थीको शुल्क बुझाउन कोही पनि नआएको र विदालयले आधाभन्दा बढी छुट दिएर पढाउँदा पनि अभिभावक र सरोकारवाला पक्ष कोही नआएपछि विद्यालयले बिदा दिनुपरेको बताए ।
उनका अनुसार दुवै विद्यार्थी पढ्नमा राम्रा छन् ।
नयाँ पत्रिकाबाट

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस