Monday, March 16, 2015

१३ वर्षीय बालक एके-४७ राईफलसहित पक्राउ

एजेन्सी, चैत्र २ । एक १३ वर्षीय बालकलाई मेक्सिकन प्रहरीले अत्याधुनिक एके-४७ राईफलसहित पक्राउ गरेको छ । मेक्सिकन प्रहरीले ती बालकबाट एक थान एके४७ राइफल, एउटा पेस्तोल, कारतुस र अन्य युद्धकसामाग्री बरामद गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् ।

मेक्सिकन मिडियाले सार्वजनिक गरेको खबर अनुसार ती बालक सिनालोकोस ग्याङका लागि काम गर्ने गरेको खुलेको छ । अध्यानधुनिक हतियारसहित पक्राउ परेका उनी मेक्सिकोको तेस्रो ठूलो सहर मोन्टेमा हत्याका केही अपराधमा समेत सहभागी भइसकेको खुलेको छ। पक्राउ परेका बालकको नाम मेक्सिकन प्रहरीले खुलाएको छैन । एके-४७ साहित पक्राउ उनलार्इ केही दिनअघि रिहा गरिएको छ ।


तर उनीमाथि हतियार र लागूपदार्थ राखेको अभियोगमा प्रहरीले मुद्दा चलाउने तयारी गरेक छ । यी बालकसँगै उनी भन्दा केही बढी उमेरका युवालार्इ पनि प्रहरीले गिरफ्तार गरेको थियो । प्रहरीलार्इ देखेर भाग्न खोजेका उनीहरुलार्इ प्रहरीले नियन्त्रणमा लिने क्रममा १३ वर्षीय बालकको साथबाट एके-४७ राइफल बरामद भएको हो ।

उत्‍तर-पश्‍चिमी मेक्सिकोका महान्याधीवक्ता जेभियर फ्लोरेजले भने विशेषज्ञको भनाइ उधृत गर्दै जनाएअनुसार बालकहरुबाट बरामद हतियार कुनै अपराधिक घटनामा प्रयोग नभएको पाइएको दाबी गरेका छन् । - एजेन्सीको सहयोगमा

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस