एउटा अध्ययनले आफ्नो सम्बन्धका विषयमा बढी सशंकित रहनेहरु सामाजिक सञ्जाल फेसबुकमा बढी सकिmय रहने गरेको खुलासा गरेको हो ।
शोधकर्ताहरुका अनुसार आफ्नो सम्बन्धको विषयमा मनमा संशयको भावना राख्नेहरु फेसबुकमा आफ्नो खानाको वालपोस्ट, कमेन्ट, स्ट्याटस अपडेट या लाइकिङजस्ता गतिविधिमा सक्रिया रहने गर्दछन् ।
शोधका अनुसार सक्रिय फेसबुक प्रयोगकर्ता दुई प्रकारका हुने गर्दछन् । यसमध्ये एक त्यस्ता हुन्छन् जो निकै चिन्ताग्रस्त हुन्छन् भने अर्का धेरै बहिर्मुखी हुने गर्दछन् ।
न्युयोर्कस्थित युनियन कलेजका प्रमुख लेखक तथा मनोविज्ञानका सहायक प्रोफेसर जोशुआ हार्टले भने–आफ्नो सम्बन्धका विषयमा सुरक्षित महशुस गर्नेको तुलनामा तनाव वा चिन्ताग्रस्त मानिसहरुमा फीडब्यकप्रति बढी झुकाव हुने गर्दछ ।
हार्टले भने–उनीहरु फेसबुकमा आफ्नो पोष्टमा प्राप्त हुने बढीभन्दा बढी कमेन्ट, लाइक वा अन्य फिडब्याक पाएर आफ्नो बारेमा धेरै उत्तम महशुस गर्दछन् । यही कम कमेन्ट र लाइक आदि पाएको अवस्थामा उनीहरुलाई निकै कटु अनुभूति हुने गर्दछ ।
१८ देखि ८३ वर्ष उमेर समूहका करिब ६ सय जनामा गराइएको सर्भेमा सहभागीहरुसँग उनीहरुको निकट आफन्तप्रति उनीहरुको रुझान र फेसबुकसम्बन्धी बानीका विषयमा प्रश्न सोधिएको थियो ।
शोधकर्ता हार्टले भने–किनभने उनीहरुलाई दृढ विश्वास हुन्छ कि उनीहरुका बारेमा अन्य मानिसको राय मनपर्ने छ। उनीहरु निकै सम्वेदनशील छन् । त्यसैले उनीहरु फेसबुकको उपयोग गर्दछन् । यो शोध पर्सनालिट एण्ड इण्डिभिजुअल पत्रिकामा प्रकाशित छ ।एजेन्सी