Tuesday, March 3, 2015

२७ वर्षीया महिलामाथि एकदर्जनको सामूहिक बलात्कार

१९ फागुन, जनकपुर ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । नगरपालिकाको नयाँटोल निवासी २७ वर्षीया महिलामाथि गत शनिबार राति घरमै बलात्कार भएको हो ।

घटनामा संलग्नता आरोपमा प्रहरीले एक पुरुष र एक महिलालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धान अनुसार शनिबार राति अन्दाजी १२ बजे तिरको समयमा उनिमाथि बलात्कार भएको हो ।
पिडित महिलाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

पिडित महिलाको बयान उल्लेख गर्दै प्रहरीले दिएको जानकारी अनुसार मध्यरात एक्कासि टोलका कुकुर भुक्न थालेपनि महिलाले चोर आएको आशंकामा छिमेकी महिलालाई फोन गरेकी थिइन्, तर, छिमेकीले त्यति वास्ता नगरि कुकुर रातिराति जहिल्यै भुक्छ भन्दै उनलाई नडराई सुत्न भनेकी थिइन् । एक छिनपछि कसैले उनको ढोका ढकढक्याएको र ढोका नखोलेपछि ुढोका खोलु भन्दै एउटा पुरुष कराएको र पछि बन्चरोले हानेर ढोका फोरी १० १२ जना पुरुष घर भित्र छिरेका थिए ।

पीडितका अनुसार घरभित्र छिरेका व्यक्तिले पहिले लुटपाट गरेर पछि बलात्कार गरेका हुन् । पिडितले लगाइरहेको पाउजु, कानको गहना र फुली निकाल्न लगाएर उनको मुख कपडाले बाँधिदिएर ओछ्यानमुनि राखिएको ८० हजार र टिनको बाकसमा राखिएको २० हजार रुपैयाँ पनि लुटेका थिए ।
त्यसपछि सबै जनाले महिलामाथि पालैपालो बलात्कार गरेका थिए । चार जनाले बलात्कार गरेपछि आफू बेहोस भएकाले त्यसपछि के भएको थाहा नभएको महिलाले बताएकी छिन् ।

आधा घन्टापछि होस् खुल्दा आफू नांगो अवस्थामा रहेको पाएको महिलाको भनाई छ । पीडित महिला नौ वर्षीय छोराकी आमा हुन् । उक्त दिन बिहानै बजार जानुपर्ने भएकाले महिलाले छोरालाई छिमेकको घरमा सुत्न पठाएकी थिइन् ।

बिहे गरेको चार–पाँच वर्षमै पतिले कुटपिट र मानसिक यातना दिन थालेपछि उनी माइती गाउँ फर्केकी थिइन्। त्यहाँ बसेर एक्लै छोरा हुर्काउँदै थिइन् ।

पिडित महिलाको भनाई अनुसार केही दिनअघि सखुवा हाटमै गाउँकै एक महिलाले परपुरुषलाई उनीतर्फ देखाउँदै ुबाख्रा व्यवसायी महिलाु भन्दै चिनाइरहेकी थिइन् । उक्त महिलासँग पहिले आर्थिक कारोबारमा समेत कुरा नमिलेकाले उनिमाथिनै आशंका गरेर प्रहरीले पक्राउ सहित अनुसन्धान अघि बढाएको छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस