प्रायः मानिसलाई लाग्न सक्छ- घरेलु हिंसा पुरुषबाट महिलामाथि हुन्छ । बिकाशोन्मुख मुलुकहरुमा धेरै हदसम्म यो मान्यता सही पनि सावित भएको छ, तर सधैं हाेइन।
पत्नी पीडित पतिहरुको कथा ब्यथा निकै कम सार्वजनिक हुन्छ । खास गरी नार्मदको अभियोग लाग्ला भन्ने लाजका कारण ।
तर, बेलायतमा हालै एक पतिले हिम्मत बटुलेर आफ्ना पीडा सार्वजनिक गरेका छन् । उनले अभियानै थालेका छन् – स्वास्नीबाट यातना पाएँ भन्नु कुनै लाजको बिषय हैन ।’
६५ बर्षीय केन ग्रोगरीले अघिल्लो मार्च महिनामा आफ्नै पत्नीबाट नसोचेको पीडा पाए । सामान्य भनाभनमा श्रीमतीले उम्लिरहेको केट्लीको पानी उनको जीउभरि खन्याइदिइन् । उनको ढाडसहित लगभग १४ प्रतिशत शरीर जल्यो ।
६० बर्षीया पत्नीसँग उनी गत सात बर्षदेखि सँगै बस्दै आएका थिए । पहिली पत्नी मौरिनसँग ३० बर्षै सुखद् बैबाहिक जीवन बिताएपछि उनी बियोगमा परेका थिए । पहिली पत्नीको निधनपछि उनले टेरेसा गिल्वर्टसनसँग विवाह गरेका थिए ।
यतिबेला उनले घरेलु हिंसाबाट पीडित पुरुषको पक्षमा आवाज बुलन्द गर्न थालेका छन् । सामाजिक सञ्जालमा लेटस्टकमेन शीर्षकमा पुरुषमाथि हुने हिंसाबारे चर्चा हुन थालेको छ ।
ग्रेगोरी भन्छन्-कोही महिलाले कुनै पुरुषलाई निशाना बनाउँछ भने यसमा लाज मान्नु पर्ने कुरा छैन ।’
ग्रेगोरी र गिल्बस्र्टनबीच सम्वन्ध विच्छेद भइसक्यो । ग्रेगोरीलाई शारीरिक रुपमा क्षति पुर्याएकोमा अदालतले टेरेसालाई दोषी ठहर गरिसकेको छ । २४ मार्चमा सजायँ सुनाइने छ ।
टेरेसाले तोतो पानी खन्याएको दिन ग्रेगोरी मौरिनको समाधिस्थल जाने तयारीमा थिए, किनकि उक्त दिन मौरिनको जन्मदिन थियो ।
त्यसपछि टेरेसा चिया बनाउन गइन् । उनी फर्किँदा हातमा तातो पानीले भरिएको जग लिएर आइन् र पछाडिबाट ग्रेगोरीको टाउकोमा खन्याइदिइन् ।
‘पीडा सहन नसक्ने थियो । त्यस्तो पीडा त्यसअघि मैले महसुस नै गरेको थिइँन’ ग्रेगोरीले भनेका छन् । ग्रगोरीका अनुसार केही समय पहिले सुतिरहेको समयमा टेरेसाले उनीमाथि चिया खन्याइकी थिइन्, जसका कारण उनी अस्पताल जानु परेको थियो ।
ग्रेगरीले आफ्नो चोट र आफूमाथि भएको घरेलु हिंसाबारे मानिसहरुलाई बताउने निर्णय गरे । ताकि घरेलु हिंसामा पुरुष पनि पीडित हुने कुरा उजागर होस् ।
उनले भने-‘एकखालको धारणा छ कि उमेर पुगेका र शारीरिक रुपमा ठिक भएका पुरुष घरेलु हिंसाको शिकार हुँदैनन् । तर, महिलाका विषय जति सन्देश दिइन्छ, यसमा पनि त्यति नै दिन आवश्यक छ ।’
-एजेन्सीको सहयोगमा