Monday, March 2, 2015

चीनमा ५.५ रेक्टर स्केलको भूकम्प

१८ फागुन, कुङ्मिङग (चीन) ।


दक्षिणपश्चिमी चीनको युनान प्रान्तमा आइतबार अपराह्न ५.५ रेक्टर स्केलको भूकम्प गएको स्थानीय अधिकारीले जनाएका छन् ।

सो भूकम्पमा परी ३२ व्यक्ति घाइते भएका प्रहरीले जनाएको छ । क्षतिको पछिल्लो विवरण आउन सकेको छैन ।




सो भूकम्पका कारण काङ्गयुआन सहरको ६७ हजारभन्दा बढी बसोवास रहेको आवासीय क्षेत्र प्रभावित भएको जनाइएको छ ।

त्यसैगरी लिङ्काङग सहरका काङ्गयुआन र जेङ्गमा गाउँका १२ हजार ४०० व्यक्तिलाई अन्यत्रै सारिएको सहरको नागरिक मामिला विभागले जनाएको छ ।

सो भूकम्पमा परी २२० भन्दा बढी घर भत्किनुका साथै १५ हजार ८०० वटा घर क्षतिग्रस्त भएको जनाइएको छ ।

सन् २०१४ को अगस्त महिनामा युनानको लुदिआन गाउँमा गएको ६.५ रेक्टर स्केलको भूकम्पबाट ६०० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै ८० हजार घर क्षतिग्रस्त भएको छ । रासस÷सिन्ह्वा

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस