२०७१ फाल्गुन १९ मंगलवार
मुगु: निरन्तरको भारी वर्षाले हुम्लाको याङ्चु गाविस-९ मा भीषण पहिरो गएको छ।
पहिरोका कारण याङ्चु गाविस भएर बग्ने कर्णाली नदी थुनिएको छ।
नदी थुनिएपछि कर्णाली किनारका स्थानीय बासिन्दामा त्रास फैलिएको छ। उनीहरु आफ्नो घर छोडेर सुरक्षित स्थानतिर गइरहेका छन्।
यस्तै कालिकोट आसपासका गाविसका बासिन्दाहरु पनि बिहानैदेखि सुरक्षित हुन माथिल्लो स्थानतर्फ गइरहेको त्यहाँको स्थानीय सञ्चार माध्यमले जनाएको छ भने स्थानीयलाई सुरक्षित स्थानमा सर्न स्थानीय प्रशासनले आग्रह गरेको छ।
गत वर्ष समेत जेठ/असार मा पनि सोही ठाउँमा पहिरो गएको