घरमा कोही नभएको अवस्थामा राति करिब ९ बजे मिर्चैया नगरपालिका १० निवासी गणेशलाल साहकी श्रीमती २८ वर्षीया जमुना साहले आफ्नै घरको भर्याङमाथि झुन्डिएर आत्महत्या गरेकी हुन् ।
पासो लगाई झुन्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । उहाँले श्रीमानले यौनसम्बधका लागि जबरजस्ती गरेकाले आत्महत्या गरेको हुन् सक्ने आशंका गर्नुभयो ।
शवपरीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खतिवडाले बताउनुभयो ।