२८ वर्षीय पाकिस्तानी नागरिक जुवेर खानले हंगेरियन युवती वियटा सिलेग्गीसँग विवाह गर्न खोजेका थिए ।
तर बिहेअघि बेलायतको हल रजिष्टार कार्यालयका अधिकारीसामु दुलहाले दुलहीको नाम भन्न सकेनन् । त्यसपछि शंका गरेर अधिकारहरुले अनुसन्धान गरेका थिए । अनुसन्धानबाट उनीहरुले नक्कली विहे गरेको प्रमाणित भएपछि जेल सजाय भएको हो ।
हल क्राउन कोर्टले उनीहरुमाथि नक्कली बिहे गरी अध्यागमन कानुन उल्लंघन गरेको ठहर गरेको छ । नक्कली विवाहको वातावरण मिलाउन संलग्न रहेको आरोपमा अर्का पाकिस्तानी नागरिक खालिक खानलाई समेत २० महिना जेल सजाय भएको छ ।
पीआरका लागि नक्कली विवाह गर्ने क्रम बढेपछि सरकारले त्यस्ता विवाह गर्नेमागि कडा रबैया अपनाउन थालेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :