Monday, February 16, 2015

परिवार बरबाद पार्ने ३ कुरा

परिवारलाई सम्हाल्नु जीवनको सबै भन्दा कठिन काम मध्ये मानिन्छ । बाहिर जतिसुकै संघर्ष गर्नु परेपनि परिवारमा प्रेम र मिजास देखाउनु जरुरी हुन्छ ।


अंहकारबाट बँच्नुस्ः परिवारमा तपाइँको अहंकारले काम गर्दैन । तपाइँ साथीभाइ वा अफिसमा जतिसुकै सम्मानित वा ठूलो पदमा भएपनि परिवारमा पनि त्यसको अहंकार देखाउन थाल्नु भो भने बुझ्नुस् तपाइँ परिवारलाई बरबाद पार्दै हुनुहुन्छ ।




आफूलाई मात्र नहेर्नुस्ः तपाइँ परिवारमा आफू मात्र होइन अरुको विषयमा समेत सोंच्ने र चिन्तिन हुनु पर्ने ब्यक्ति हो भन्ने हरसमय मनमा राख्नुस् ।
परिवारभित्र पनि आफ्नो मात्र स्वार्थ हेर्नु भो भने तपाइँले परिवार बरबाद गर्दै हुनु हुन्छ ।



गलत काम बाट बँच्नुस्ः परिवारका लागि तपाइँले गरेका हरेक कामको अर्थ र असर हुन्छ । कुनै पनि काम गर्दा के गर्दैछु त्यसले परिवारका सदस्यलाई के असर गर्छ भन्ने गम्भिर भएर सोंच्नुस् ।



हिन्दु धर्मग्रन्थ रामायणको खलपात्र रामायणलाई माथि उल्लेखित तीन कामका कारण परिवार विगारेको विश्लेषण गर्ने गरिन्छ । आफ्नै अहंकारले रावणले आफूलाई त सर्वनाश गर्‍यो गर्‍यो राक्षस कुलकै विनाश गर्‍यो । शक्तिको अभिमानले राबणले आफ्नो परिवार बरबाद पार्‍यो नै सबै परिवारका सदस्य र कुलकै विनाश गर्‍यो

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस