Monday, February 16, 2015

सलमानले यी युवतीसँग मनाए भ्यालेन्टाइन्स डे (तस्विर सहित)

एजेन्सी ।


बलिउड अभिनेता सलमान खानले यस पटकको भ्यालेन्टाइन्स डे यस अघी उनीसँग नदेखिएकी युवतीसँग मनाएर सबैलाई आश्चर्यमा पारिदिएका छन् ।


सलमान र ती अपरिचित युवतीका अन्तरंग तस्विर यतिबेला इन्टरनेटमा भाइरल बनेका छन् । तस्विरमा सलमानले ती युवतीलाई फूल दिएको र चुम्बन गरिरहेको समेत देख्न सकिन्छ ।


ती युवतीले पनि सलमानको गालामा चुम्बन गरिरहेकी छिन् । यो तस्विरमा सलमान र ती युवती कालो रंगको पोषाकमा देखिएका छन् ।

यो ड्रेस भ्यालेन्टाइन्स डे स्पेशल रहेको अनुमान गरिएको छ । ती युवती को हुन् भन्ने चाँहि प्रष्ट छैन ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस