Sunday, February 15, 2015

विराट कोहोलीले तोडे सचिनको रेकर्ड

एजेन्सी ।


भारतीय क्रिकेटर विराट कोहोलीले जारी विश्वकप क्रिकेटको पहिलो खेलमै धुवाँदार शुरुवात गरेका छन् । उनले पाकिस्तान विरुद्धको भारतको पहिलो खेलमा सतकीय पारी खेल्दै नयाँ रेकर्ड बनाएका हुन् ।

आइतबार भएको खेलमा कोहोलीले यस पटकको विश्वकपमा पहिलो शतक समेत बनाए ।




विश्वकपको खेलमा पाकिस्तान विरुद्ध शतक बनाउने उनी पहिलो खेलाडी समेत हुन् । यो पारीसँगै विराटले पूर्व भारतीय टिमका कप्तान सौरव गाँगुलीसँग २२ शतकको बराबरी गरेका छन् ।

कोहोलीले पाकिस्तान विरुद्ध १२६ बलमा १०७ रन बनाएर आउट भए । उनको विकेट भने पाकिस्तानी बलर सोहेलले लिए ।

यस अघि भारतीय टिमबाट पाकिस्तानविरुद्ध सबै भन्दा बढी बनाउने रेकर्ड सचिन तेन्दुल्करको थियो । सन् २००३ मा सचिनले पाकिस्तान विरुद्ध विश्वकपकै खेलमा सचिले ९८ रन बनाएका थिए । कोहोलीले सचिनको रेकर्ड तोडेका छन् ।


तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस