जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले मुलुकी ऐन विवाहवारी महलबमोजिम कसुर ठहर गर्दै उक्त सजाय सुनाएको अदालतका तहसिलदार अर्जुन श्रेष्ठले जानकारी दिए । उनीहरू दुवैलाई हिजै कारागार चलान गरिएको छ । तेजबहादुरले चन्द्रकुमारीसँग गत पुस ५ गते दोस्रो विवाह गरेका थिए ।
तेजबहादुरकी जेठी पत्नीले श्रीमान्विरुद्ध कारबाहीको माग गर्दै माघ ५ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् ।