पढाईका लागि बिदेशीने बिद्यार्थिहरुको आर्कषक गन्तब्यको रुपमा रहेको अष्ट्रेलियाले पछिल्लो एक वर्षमा २ सय २४ नेपाली विद्यार्थीको भिसा रद्ध गर्दै नेपाल फिर्ता पठाइदिएको छ । सस्तो कलेजको खोजी गर्दै पटक-पटक कोर्स परिर्वतन गरेको अभियोगमा उनीहरुको बिद्यार्थी भिसा खारेज गर्दै नेपाल फिर्ता पठाइदिएको हो ।
त्यसैगरी अष्ट्रेलियाले सन् २०१३ मा ८९३० जना, २०१२ मा १०५८७ जना बिदेशी बिद्यार्थीलाई बिभिन्न अभियोगमा भिसा रद्द गरी सम्बन्धित मुलुकमा फिर्ता पठाइदिएको थियो ।
स्ट्रीमलाइन भिसा प्रोसेसिङ अन्र्तगत अष्ट्रेलिया पुग्ने र त्यहाँ पुगेपछि मान्यताप्राप्त नगरेका सस्ता कलेज र कोर्समा ट्रान्सफर हुने प्रबृत्ति देखिएको छ । यसरी कोर्स र कलेज परिवर्तन गर्नु भिसा कानुनको बिपरित हुने भएकाले उनीहरुको बिद्यार्थी भिसा रद्द गरिएको अध्यागमन बिभागका प्रवक्ताले जानकारी दिए ।
अध्यागनको यो रणनीतिबाट अन्य सयौं नेपाली बिद्याार्थी प्रभावित हुने देखिन्छ । खासगरि अष्ट्रेलियामा स्थायी बसोबास अनुमति प्राप्त हुने कोर्सको सूची बदलिइरहने हुनाले बिद्यार्थीले पनि सोहीअनुसार पीआर दिने कोर्समा ट्रान्सफर हुने प्रबृत्ति बढ्दो छ ।
सन् २०१३-१४ मा १० हजार ६ सय ५१ जना नेपाली बिद्यार्थी अध्ययनका लागि अष्ट्रेलिया पुगेको त्यहाँको अध्यागमन बिभागले जनाएको छ ।
भिसा रद्द गर्नुअघि त्यस्ता बिद्यार्थीलाई चेतावनी दिँदै रद्द गर्नु नपर्नाको कारण पेश गर्ने समेत समय दिइएको बिभागले जनाएको छ । कोर्स होपिङ प्रबृत्तिमा नेपाल, भारत, चीन र भियतनामका बिद्यार्थी अगाडी देखिएका छन् ।