Monday, February 23, 2015

फागुन १६ गते एमाओवादीको बेहाल हुन्छ : रिजाल

February 23, 2015
सोलुखुम्बु । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले आन्दोलनको घुर्की लाउदै हिडेको विपक्षीको फागुन १६ गते वेहाल हुने टिप्पणी गरेका छन् ।
सहमतिको लागि संबाद गर्न छोडेर हिडेका एमाओबादीहरुको पक्षमा जनता नरहेको भन्दै फागुन १६ को आन्दोलनको उपस्थितिले विपक्षीलाई नै अप्ठ्यारो पार्ने बताएका हुन् ।


सोमबार रिपोर्टर्स क्लब नेपाल जिल्ला शाखा सोलुखुम्बुले सदरमुकाम सल्लेरीमा आयोजना गरेको साक्षात्कारमा संचारमन्त्री डा.रिजालले विपक्षीसँग कुनै पनि हालतमा ससर्त वार्ता नगर्ने भन्दै निशर्त वार्तामा आए लचकदार रुपमा प्रस्तुत हुन सत्तापक्ष तयार रहेको बताए ।
वास्तविक आन्दोलन गर्न माओवादीको सामथ्र्य नरहेको जिकिर गर्दै विपक्षीहरु घुडा टेकेर प्रक्रियामा आउने मन्त्री डा.रिजालको भनाई छ ।

पत्रकारहरुको एक जिज्ञाशामा काँग्रेस नेता समेत रहेका मन्त्री रिजालले एमाओवादीलाई धेरै नकुर्ने भन्दै प्रक्रियामै गएर भएपनि ४–५ महिना भित्र मुलुकलाई लोकतान्त्रिक संविधान दिने ठोकुवा गरे ।
माओवादी सहमतिमा आएको खण्डमा २ महिना भित्रै सहमतीय संविधान आउने र त्यसो हुन नसके ५ महिना भित्रै जुनसुकै हालतमा संविधान जारी गर्ने उनको दाबी छ ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता समेत रहेका डा.रिजालले एमाओवादीको नेतृत्वले गिरिजाबाबु बाचुन्जेल काँग्रेसलाई सत्तोसराप गरेको तर मरेपछि गुनगान गाएर दोहोरा चरित्र उदांगो गरेको आरोप समेत लगाए ।
संविधान जारी नहुन्जेलसम्म काँग्रेस एमालेको गठबन्धन नटुट्ने समेत दाबी गर्दै उनले लोकतान्त्रिक शक्तिहरु विचको एकता अझै दरिलो हुने स्पष्ट पारे ।

एक फरक प्रसंगमा मन्त्री रिजालले चाँडै नै सरकारले गाउँ गाउँमा तिब्र गतिको ईन्टरनेट र अप्टिकल फाईबर पुर्याउने समेत प्रतिबद्धता व्यक्त गरे ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस