एसिडले पोलेर रन्थनिएका उनीहरुलाई परिवारले हतारिँदै अस्पताल पुर्याएका थिए ।
वीर अस्पतालका बर्न वार्ड विभाग प्रमुख डा. पीयूस दाहाल अस्पताल दगुर्नुभन्दा एसिड लागेको ठाउँमा पानीले पखाल्नु बेस हुने बताउँछन् । उनका अनुसार एसिड जहाँ प्रहार हुन्छ,निमेषभरमै आगोको लप्कामा परेजस्तै शरीरका अंग बडाउँछ । एसिड जति बढी समय शरीरमा रह्यो,त्यति नै बढी गहिरो चोट पुर्याउँछ ।
त्यसैले जतिसक्दो छिटो चिसोपानीले पखाल्नुपर्छ । पानी नभए जे चिसो पदार्थ छ,त्यसैले धुनुपर्छ ।
पानीले पखालेपछि तत्कालै अस्पताल पुर्याउनुपर्छ भन्ने छैन ।
पानीले नपखालिकन अस्पताल पुर्याउँदा समस्या थप गहिरिन सक्छ । कम्तीमा आधा घन्टा पानीले सफा गर्नु राम्रो हुन्छ,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
कृपया सबैको जानकारीको लागि शेयर गर्नुहोला